मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् कुकुर पाल्नुका फाइदा

कुकुर पाल्नुले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ । कुकुर पाल्नेहरु शारीरिक रुपमा बढी सक्रिय हुने हुनाले पनि उनीहरु अरु भन्दा लामो समय बाँच्ने, स्वस्थ जीवन जिउने गरेको बताइएको छ । 

त्यस्तै तनाव कम गर्न मानसिक स्वास्थ्यमा सुधार ल्याउन पनि घरपालुवाहरुले धेरै मद्दत पुर्याउने गरेको पाइएको छ । 

यता रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरुबारे पनि पुष्टि भइसकेको छ ।  

कुकुर पाल्दा के के फाइदा हुन्छ ?

मुड राम्रो बनाउँन साथ दिन्छ,

बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ,

कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउछ,

मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधै प्रोत्साहित गर्छ,

मानिसलाई सक्रिय बनाउछ,

हृदयघात हुनबाट जोगाउछ,

कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन्,

घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन्,

दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ,

जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?