काठमाडौँ – समय अभाव भन्दै अभिनेत्री आँचल शर्मा फिल्म ‘पीताम्बर’बाट अलग भएकी छन् ।
आँचल अहिले फिल्म ‘दुःखी आत्मा’को छायाङ्कनमा छिन् भने ‘पीताम्बर’ पनि अहिले छायाङ्कनमै छ । यसले छायाङ्कन सेडुल जुधेपछि आफूले अभिनय गर्न नभ्याउने भन्दै उनले फिल्म छोडेकी हुन् ।
‘पीताम्बर’बाट आँचल बाहिरिएपछि उनको ठाउँमा अभिनेत्री दिव्या रायमाझी भित्रिने चर्चा छ । दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिने बताइन्छ ।
दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । दिव्याले फिल्म ‘एक्टर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । पहिलो फिल्म प्रदर्शनमा नआउँदै उनको माग चुलिँदो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया