मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खुलेर हाँस्नुहोस् पाउनुहुनेछ यस्ता स्वास्थ्य लाभ

खुसी हुनु धेरै रोगहरूलाई टाढा राख्नका लागि सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो । जहाँ विश्वका धेरै अनुसन्धानमा हाँस्नु एक प्रकारको उपचार हो भन्ने कुरा बाहिर आएको छ । 

जुन प्रभावकारी र वैज्ञानिक रूपमा पनि प्रमाणित छ । खुलेर हाँस्दा धमनीहरू फैलिन्छ, जसका कारण शरीरमा रक्तसञ्चार तीव्र हुन्छ ।

यति मात्र होइन, हाँस्दा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र यसले शरीरमा एन्टिबडीलाई पनि बलियो बनाउँछ ।
हाँस्नाले शारीरिक र मानसिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि स्वस्थ राख्छ । 

खुलेर हाँस्नुका फाइदाहरू
– हाँस्दा फोक्सोमा अक्सिजनको मात्रा बढेकोले फोक्सोले राम्रोसँग काम गर्छ ।
– मांसपेशी आराम मिल्छ ।
– प्रतिरक्षा प्रणाली र रक्त सञ्चार प्रणाली बलियो हुन्छ ।
– एन्डोर्फिन (आनन्द महसुस गर्ने हर्मोन) को स्राव द्रुत हुन्छ । यसलाई प्राकृतिक पेनकिलर मानिन्छ ।
– मुटु र मस्तिष्कको काम राम्रो हुन्छ ।
– रक्तचाप सन्तुलन कायम राख्छ ।
– दुखाइ सहन सक्ने क्षमता बढाउँछ ।
– तनाव कम हुन्छ, राम्ररी निद्रा लाग्छ ।
– जीवनलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?