मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्पाईनी ब्याब्लर अन्तर्राष्ट्रिय अवार्ड :  मल्लिका महत उत्कृष्ट अभिनेत्री घोषित

काठमाडौँ – तेस्रो ‘स्पाईनी ब्याब्लर ईन्टरनेशनल फिल्म फेष्टिभल २०२४’मा फिल्म  मल्लिका महत उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । 

२२ विधामा वितरण गरिएको  अवार्डमा फिल्म सतीदेवीबाट महतले यो उपाधि हात पार्दा सोही फिल्मबाट राष्ट्रिय तर्फ निर्देशक लक्ष्मण सुबेदीले अवार्ड प्राप्त गरे । 

उक्त अवसरमा निर्देशक लक्ष्मण सुनार, सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्माता नरेश खाती, निर्देशक पूर्णकाजी ज्यापु, अभिनेता प्रभण भुसाल, निर्देशक दिनेश कार्की लगायतले अवार्ड प्राप्त गरे ।

स्वदेशी तथा विदेशका फिल्मलाई एक आपसमा प्रतिस्पर्धा गरिइएको महोत्सवमा नेपालका अलावा भारत, दक्षिण अफ्रिका, अस्ट्रिया, फ्रान्स, संयुक्त राज्य अमेरिका, श्रीलङ्का, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ देशका ९५ फिल्म सहभागी रहेको  थियो । 

समाराेहमा  फिल्म ‘रेड’ (नेपाली) लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका) रोमाद (ओमान) रनफर युआर लाईफ (डेनमार्क), द जब (अमेरिका),ला डेर डेस डेर (फ्रान्स), अ टाउन वालेड १९९५ (आएरल्याण्ड) ड्रिम्स अफ द पास्ट (रसिया) जिगोलो (अष्ट्रिया), ईष्टेल (स्पेन), अक्रोश द हिमालय (स्वीडेन)ले बिभिन्न विद्यामा अवार्ड लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?