मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टरिगाउँ विमानस्थलबाट मङ्गलबार पनि उडान हुने

दाङ – टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि उडान हुने भएको छ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान भर्ने नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए।

उनका अनुसार अब विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ।

दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?