मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो अश्वमेध यज्ञ ? किन छोडिन्छ घोडा ?

हिन्दु समाजमा आस्थाको रूपमा रहेको अश्वमेध यज्ञका बारेमा  विशेष गरि महाभारत र रामायणमा यो उल्लेख भएको पाइन्छ ।

रामायणमा मर्यादा पुरुषोत्तम भगवान श्री राम राजा भएपछि अश्वमेध यज्ञ गरेको र सो यज्ञमा छोडेको घोडा उनका छोराहरु लव–कुशले समाते पछि युद्ध भएको कुरा उल्लेख गरिएको छ । 

त्यस्तै महाभारतमा पाण्डवहरूले कुरुक्षेत्रमा युद्ध जिते पछि राजा बनेका युधिष्ठिरले यो यज्ञ गरेको उल्लेख छ । 

एक सय वटा अश्वमेध यज्ञ गरेमा स्वर्गको राजा हुन पाउने भएकाले कसैले सय अश्वमेध यज्ञ पुर्याउन लागेमा देवराज इन्द्रले यज्ञ बिथोलेका कथाहरू हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छन् ।

अश्वमेधको निमन्त्रणा स्वीकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मनसायका व्याक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो ।

अश्वमेध यज्ञ गर्न पहिले श्यामकर्ण घोडालाई वैदिक विधिपूर्वक स्नान गराई आभूषाणादिले सिँगारेर घोडाको निधारमा अश्वमेध गर्ने राजाको वर्णन लेखिएको धातुको पातो टाँसी पृथ्वी भरमा निम्ताको लागि परिक्रमा गराइन्थ्यो ।

अश्वमेधको अश्वको रक्षाका लागि अश्वमेध गर्ने व्यक्तिका सेनाहरू पनि घोडासँग हिँड्ने गर्थे । अश्वमेधको निमन्त्रण स्वीकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मनसायका व्यक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो ।

घोडाको रक्षार्थ खटिएका सेनाहरूले घोडा समात्ने व्यक्ति तथा सेनासँग युद्ध गरेर घोडा छोडाउनु पर्ने नियम थियो । यसरी पूरा पृथ्वीको भ्रमण गरेर घोडा अश्वमेध गरिने राज्यमा फर्काएपछि वैदिक विधिपूर्वक अश्वमेध यज्ञ गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?