मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यागी चक्रवातको प्रभाव म्यान्मामा बढ्यो, भियतनाममा घट्यो

काठमाडौँ – यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ ।

यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ । जसमध्ये भियतनाममा मात्र २३३ र म्यान्मामा ३६ जना रहेका छन् । यद्यपि, धेरै मानिसहरू बेपत्ता भएका कारण मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

म्यान्माको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने आँधीले निम्त्याएको विपतका कारण ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाएको छ ।

म्यान्माको राजधानी वरपरको क्षेत्रमा यागीले निम्त्याएको बाढीका कारण पहिरो आउदा बिजुलीको टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढी गएको देखाइएको छ ।

भियतनाममा मौसममा सुधार आएसँगै सफा आकाशमुनि राजधानी हनोईका केही भागमा पानी कम भएपछि बासिन्दाहरू सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ ।

यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यान्मा सीमामासमेत सबैभन्दा खराब बाढी आएको थियो । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले सेनाको नेतृत्वमा भइरहेको राहत कार्यको मुल्याङ्कन हेर्न शुक्रबार चियाङ राईको भ्रमण गर्ने तय भएको छ ।

यसैबीच, लाओसको राजधानी भियन्तियानसहित मेकोङ नदीको किनारमा रहेका धेरै स्थानहरूमा बाढीको चेतावनी दिइएको छ भने मेकोङ नदी आयोगले भियन्तियान वरपरका न्यून उचाई भएका क्षेत्रमा आगामी दिनमा बाढी आउने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?