मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनता आवास कार्यक्रम अन्तर्गत छ सय घर निर्माण

अत्तरिया ‘कैलाली’ – जनता आवास कार्यक्रमअन्तर्गत छ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो ।

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा दुई सय ६६ र कञ्चनपुरमा तीन सय ६६ घर निर्माण गरिएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए । उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन् ।

यसैगरी बर्दगोरिया गाउँपालिकामा २४, गौरीगङ्गा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिए ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा एक सय ११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिए । उनका अनुसार ६ सय पाँच घर सङ्घीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन् । कञ्चनपुरको भीमदत्त नगरगपालिकामा निर्माण गरिएका एक सय ११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उनले बताए ।

घर निर्माणका लागि प्रतिपरिवार रु तीन लाख ३६ हजार उपलब्ध गराइएको थियो । उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इञ्जिनीयर अधिकारीले बताए । आव २०७५-७६ देखि आव २०७९ – ८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन् । आव २०८०-८१ मा जनता आवासका लागि कैलालीमा रु चार करोड ३३ लाख र कञ्चनपुरमा रु चार करोड ४६ लाख ९४ हजार बजेट विनियोजन गरिएको थियो । जनता अवासका लागि चालु आवमा सङ्घीय सरकारबाट बजेट उपलब्ध नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?