मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँ पनि आफ्नो रिस नियन्त्रण गर्न सक्नुहुन्न ? यस्ता उपाय अपनाउनुहोस्

कतिपयलाई झनक्क रिस उठ्ने बानी हुन्छ । र धेरैले आफ्नो रिस नियन्त्रण गर्न नसक्दा आफैलाई हानी समेत गरिरहेको हुन्छ । कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि तपाईँलाई धेरै रिस उठ्छ जसलाई नियन्त्रण गर्न असम्भव झैँ हुन्छ ।

रिसाउनु राम्रो कुरा पक्कै होइन तर विभिन्न कारणवश हामीलाई रिस त पक्कै उठिरहेको हुन्छ । तर रिसले कसैलाई राम्रो गर्दैन ।

रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरू केही दिँदैन । यसले स्वास्थ्यमा पनि नकारात्मक असर पुर्‍याइरहेको हुन्छ । त्यसैले रिसलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । रिस नियन्त्रण गर्ने यस्ता टिप्सहरू फलो गर्नुहोस् 

उल्टो गन्ती शुरु गर्नुहोस्

तपाईँलाई धेरै नै रिस उठिरहेको छ भने तपाईँले उल्टो गन्ती गर्न सक्नुहुन्छ । यसका लागि तपाईँले सयदेखि सुरु गरेर १० सम्म गन्न सक्नुहुन्छ । गन्ती गर्दै गर्दा तपाईँको मुटुको गति साधारण हुन थाल्छ र तपाईँको रिस क्रमशः कम हुँदै जानेछ । 

साथीलाई शेयर गर्नुहोस्

कतिपय मानिस आफ्नो रिस नियन्त्रण गर्न आफैलाई तनावमा राखेर मनभित्र उक्त रिस मार्ने प्रयास गर्छन् । तर मनमा यी कुरा राख्नु पनि उपयुक्त हुँदैन । त्यसैले रिस उठेको विषयमा मन मिल्ने साथीलाई तत्काल यो कुरा शेयर गर्नुपर्छ । यसले तपाईँको रिस मर्नुका साथै त्यसको समाधानको उपाय पनि फुर्न सक्छ ।

गीत सुन्नुहोस्

रिस उठ्दा यसलाई नियन्त्रण गर्नका लागि तपाईँले सङ्गीतको मद्दत पनि लिन सक्नुहुन्छ । तपाईँलाई रिस उठ्यो भने कानमा इयरफोन लगाउनुहोस् र आफूलाई मन परेको सङ्गीत सुन्नुहोस् । 

गहिरो सास लिनुहोस्

जति बेला तपाईँलाई धेरै रिस उठ्छ यसलाई नियन्त्रण गर्नका लागि गहिरो सास फेर्नुहोस् । आफ्नो नाकले बिस्तारै गहिरो सास तान्नुहोस् र मुखबाट फ्याँक्नुहोस् । केही मिनेटसम्म यो प्रक्रिया अपनाउँदा तपाईँको रिस बिस्तारै कम हुँदै जानेछ ।

कतै हिँड्नुहोस् वा व्यायाम गर्नुहोस्

व्यायामले तपाईँको तनाव र रिस कम गर्न सक्छ । त्यसैले तपाईँलाई रिस उठ्यो भने केही समयका लागि टहल्नुहोस्, साइक्लिङ वा व्यायाम गर्नुहोस् । यो तरिकाले तपाईँको रिस कम गर्न मद्दत गर्छ । तपाईँलाई रिस उठ्न थाल्यो र यसलाई शान्त बनाउन चाहनुहुन्छ भने आफूलाई सम्झाउने कोसिस गर्नुहोस् । 

शान्त रहनुहोस्

रिस उठेका बेला धेरैजसो गल्ती नै बोलिन्छ । भनिन्छ – बचनको घाउ निको हुँदैन । त्यसैले रिस उठेका बेला चुप बस्ने नै कोसिस गर्नुहोस् । यसो गर्नुभयो भने तपाईँले सोच्ने समय पाउनु हुनेछ र तपाईँको रिस शान्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?