मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

अरुलाई यातना दिएर रमाउने ‘साइकोपाथ’ कस्तो मानसिक रोग हो ?

अरुलाई पीडा दिएर रमाउने ‘सुगरड्याडी’ उपनाम गरेका एक युवकको हिंस्रक गतिविधिले सामाजिक सञ्जालमा केही दिनयता चर्चा पाएको छ । ती युवकले अरुलाई यातना दिएर आफूलाई पार्ने गरेको अरुले आरोप लगाएका थिए । अरु व्यक्तिलाई चरम यातना दिएर आफू रमाउने पनि एक प्रकारको मानसिक रोग भएको चिकित्सकहरू बताउँछन् ।

हालै चर्चामा आएका ती युवकले अन्य युवकलाई चरम यातना दिने, आइरन तताएर डामीदिने, सियोले खोपिदिने, ड्रिल मेसिन शरीरमा लगाउने, मिक्सचरमा हात राखिदिने लगायत गरेर उनले अरुलाई यातना दिएर आफू रमाउने गरेको पीडितहरूले दाबी गरेका छन् । आम मान्छेले यस्तो चरम यातनाबारे सोच्न पनि सक्दैनन् ।

कोही मानिसमा अरुलाई यातना दिएर खुशी हुने खालको समस्या किन हुन्छ? यो कस्तो खालको समस्या हो? लगायतका विषयमा मनोचिकित्सक डा. अनन्त अधिकारीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

अरुलाई हिंसा गरेर आफू यातना दिएर रमाउने कस्तो स्वास्थ्य समस्या हो ?

यो एक मनोविकार हो जसलाई बोलिचालीको भाषामा ‘साइकोपाथ’ पनि भनिन्छ । यो एक व्यक्तित्वमा विकार आएको अपराधिक मनोवृत्ति भएको व्यक्ति जसलाई आफूले गरेको कामको कस्तो परिणाम आउँला भन्ने हेक्का पनि राख्दैन र दोस्रो व्यक्तिलाई दुख, चरम यातना दिएर आफू सन्तुष्ट हुन्छ ।

यस्तो व्यक्ति अपराध गर्न डराउने र सोच्ने हुँदैन । उसलाई न घरपरिवारको न त समाजको नै डर लाग्छ । उसलाई कानूनको पनि मतलव हुँदैन । ऊ मात्रै आफ्नै सिद्धान्तमा रमाउँछ । यस्ता क्रुर मानिसमा माया, दया, सदुभाव, सहानुभूति केही पनि हुँदैन । ऊ अरु व्यक्ति तड्पिएको मात्र हेर्न चाहान्छ ।

सहानुभूति नहुनु साइकोपाथहरुमा हुने एक विशिष्ट चरित्र हो । मैले यसो गर्दा अरूलाई दुख हुन्छ भन्ने भावना नै हुँदैन । उनीहरुमा अरुप्रति कुनै सद्भाव हुँदैन । आफूलाई चाहिने कुरा जबरजस्ति लिएरै छाड्छन् । मनपरेको कुरा गर्छन् र सामाजिक मुल्य मान्यताविरुद्ध लाग्छन् ।

यस्तो साइकोपाथको समस्या हुने कारणहरु के के हुन् ?

यो भविश्यमा गएर लाग्ने रोग होइन । यसमा जन्मचात,वंशाणुगत प्रभाव पनि धेरथोर पर्छ । साइकोपाथको समस्या सानै उमेरदेखि नै देखापर्छ । बच्चाको जन्मने हुर्कने वातावरणले पनि यो समस्यामा धेरै प्रभाव पार्छ । यसकारण अभिभावकहरुले आफ्ना सन्तानको हुर्काइमा निकै ध्यान दिनुपर्छ । यदि कोही व्यक्ति लागुपदार्थको दुव्र्यसनिमा लागेको छ, ऊ माथि यौन हिंसा भएको छ, साथी संगत राम्रो छैन, घरपरिवारमा सौहार्दपूर्ण वातवरण छैन भने पनि साइकोपाथ हुनसक्छ । व्यक्तिमा मनोविकार उत्पन्न हुन यीलगायत अन्य विभिन्न्न कारणहरु पनि हुन्छन् ।

बाल्यकालमा कुनै आघातजन्य घटनाको अनुभव, बाल्यकालमै टुहुरोपन वा अभिभावकको बीचको निरन्तर झगडा, घरेलु हिंसा, यौनजन्य हिंसा भएको अवस्थामा तथा युद्ध, हिंसाबाट प्रभावित व्यक्तिहरुमा यो समस्या बढी मात्रामा देखिन सक्छ ।

साइकोपाथको उपचार सम्भव छ ? अरूलाई हानी पुर्‍याउने साइकोसिसको समस्यामा पनि हुनसक्छ?

यो रोग पूर्ण रुपमा निको हुनसक्ने समस्या होइन । यस्तो समस्या भएको व्यक्तिले पछि भविश्यमा पनि कुकर्म नगर्ला भन्न सकिन्न । जस्तैः अहिलेकै नकावधारी युवक आशिष देउलाकै कुरा गर्ने हो भनेपनि उनी प्रहरीबाट छुटेपछि उनको यस्तो व्यवहार अन्त्य होला, सुध्रेलान् भनेर विश्वस्त हुन सकिन्न ।

उनले यस्तै कार्यहरु दोहोर्‍याइरहन सक्छन् । बरु यो समस्याको लागि मनोपरामर्श, मुड परिवर्तन गर्ने औषधी सेवन गरेर केही हदसम्म कम गर्न सकिन्छ । अन्य मानसिक समस्याको तुलनामा साइकोपाथको उपचारलाई कठिन मानिन्छ । किनकि यस्ता व्यक्ति उपचारको पहुँचमा नै नहुने हुन्छन् । तर बाल्यावस्थामै यो समस्या पत्ता लाग्यो र मानसिक रोग विशेषज्ञसँग भेटाएर उपचार गराउन सकियो भने पछि हुने समस्यालाई कम गर्न सकिन्छ र केही हदसम्म निर्मूल गराउन सकिन्छ ।

आफ्ना सन्तानहरुलाई यस्तो समस्या हुन नदिन कसरी जोगाउन सकिन्छ?

बच्चाहरुमा यस्तो समस्या हुन नदिन अभिभावकहरुले सानै उमेरदेनि नै उसको आनीबानी, संगतमा हेरविचार गर्नुपर्छ । छोराछोरीलाई धेरै कराउने टर्चर दिने गर्नु हुँदन । अर्को मुख्यकुरा भनेको यस्ता मनोविकार भएका व्यक्तिबाट जोगिएर बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?