मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘शाम्बाला’ले ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ – ओस्कार अवार्डमा नेपालबाट फिल्म ‘शाम्बाला’ले प्रतिनिधित्व गर्ने भएको छ । 

अवार्डमा सहभागिताका लागि छनोट समितिले बिहीबारसम्म आवेदन दिने समय दिएको थियो । त्यसमा शाम्बालाको मात्रै आवेदन परेपछि यो फिल्म  ओस्कारका लागि नेपालको प्रतिनिधित्व गर्ने सुनिश्चित भएको हो ।

योसँगै मीनबहादुर भामले निर्देशन गरेको ‘शाम्बाला’ले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।

नेपालको छनोट समितिले फिल्मलाई नोभेम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औँ ओस्कार अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लसएन्जलसमा आयोजना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?