काठमाडौँ – फिल्म ‘रङ्गी’मार्फत ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्ने भएकी छन् ।
सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा उनी अभिनेत्रीको रूपमा अनुबन्धित भएकी हुन् ।
फिल्मको केही अगाडि टाइटल पोस्टर सार्वजनिक भएको थियो । जसमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको थियो ।
नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । साथै उनले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतीपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको समेत खुलाइन् ।
फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्म सौरभ लामाले खिच्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया