मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुरमा धिमे र धाँबाजा समूह दिक्षित

भक्तपुर– निओ फ्युजन बाजा समूहको नवौँ धिमेबाजा र पाचौँ धाँ बाजा समूहको दिक्षान्त (पिधानेगु) सम्पन्न भएको छ । निओ फ्युजन स्कुल अफ कम्प्युटरबाट सञ्चालित प्रशिक्षित बाजा समूहलाई विहीबार दिक्षान्त गरिएको हो ।

प्रशिक्षणमा धिमे बाजामा १९ जना र धाँबाजामा १९ जना गरी जम्मा ३८ जना विद्यार्थी दिक्षान्त भएको बाजा समूहका अध्यक्ष सबिन लेबाले बताएका छन् । साथै धाँ बाजामा ६ जना छात्रा र १३ छात्र दीक्षित भएको अध्यक्ष लेबा बताए । धिमे बाजाका प्रशिक्षक उगेन बोयजुले धिमेमा १२ जना छात्रा र ७ जना छात्र रहेको जानकारी गराए ।

धाँमा पहिलो अर्थात नायो एलेक्स कोजुले आफूलाई धाँ बाजा बजाउन एकदम सिक्न मन लागेको र बुबाको इच्छा पनि रहेकाेले पुरा गर्न सिकेको बताउँछन् । कोजु भन्छन्, ‘अब आउने गाईजात्रामा (सापारु) मा घिन्तानघिँसीमा धाँ बजाउँछु ।’

धाँबाजाकी को नकिंग बबिना ध्योजुले आफूभन्दा अग्रजले धिमे र धाँ बजाएको देखेर आफूलाई पनि सिक्न मन लागेर सिकेको बताउँछिन् । धिमे बाजाका नाय प्रतिक कुम्पाख, नकिंग इशा श्रेष्ठले आफूहरुलाई सानैदेखि बाजा बजाउने इच्छा भए पनि भर्खरै पुरा भएको बताउँछन् ।

तालिम तीन महिनासम्म सञ्चालन भएको थियो । निओ फ्युजन बाजा समूहले वर्षेपिच्छे बाजागाजा सिकाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?