मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शिवलिङ्गमा किन चढाइन्छ चिसो वस्तु ?

भक्तजनले हरेक दिन कमलसहित शिवलिङ्गमा जल चढाएमा भगवान् शिवको कृपा प्राप्त हुने जनविश्वास छ । भगवान् शिवलाई जलाभिषेक गर्ने महत्त्व अपार छ। विशेषगरी शीतल वस्तुहरू जस्तै जल, दूध, दही, घ्यू आदि शिवलाई चढाइन्छ ।

शिवलिङ्गमा जल तथा शीतल वस्तु चढाउने चलन समुद्र मन्थनसँग सम्बन्धित छ । शीतलताका लागि शिवजीले आफ्नो शिरमा चन्द्रमा धारण गर्छन् ।

प्राचीन कालमा देवता र दानवहरूले मिलेर समुद्र मन्थन गरेका थिए । समुन्द्र मन्थनमा कौस्तुभ मणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्छरेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि हलहल नामको विष निस्कियो ।

हलहल विषका कारण ब्रह्माण्डका सबै प्राणीको जीवन खतरामा परेको थियो । त्यसबेला शिवले यो विष पिए तर विषलाई घाँटीसम्म जान दिएनन् । विषका कारण शिवको घाँटी नीलो भयो र उनको एउटा नाम नीलकण्ठ थियो ।

विषको प्रभावले शिवको शरीरमा जलन भएको थियो । गर्मी बढेको थियो । यो गर्मीबाट छुटकारा पाउन शिवलाई चिसो जल चढाउने चलन सुरु भएको छ । भोलेनाथलाई शीतल पार्ने चीजहरू विशेष रूपमा चढाइन्छ ताकि शिवलाई विषको तापबाट शान्ति मिलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?