मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्वसाधारणका लागि धरहरा खुला गरिँदै

काठमाडौँ – भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रूपमा धरहरा खुला गर्ने निर्णय गरेको हो ।

२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । अबको धरहरा अपाङ्गता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ । बाहिरी स्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमै २०७८ वैशाख ११ गते धरहराको उद्घाटन गरे पनि निर्माण कार्य सम्पन्न नहुँदा अहिलेसम्म सर्वसाधारणका लागि खोलिएको थिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?