काठमाडौँ – नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै निगमले दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नु सकिने निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया