काठमाडौँ – अहिले गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधरणतया बदली रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै राती सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ।
सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया