मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

त्रिवेणी ‘रुकुम–पश्चिम’ । यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन् । मुसिकोट नगरपालिकाभित्रका विभिन्न रोगका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिएभन्दा धेरै व्यक्तिले सेवा लिएको आयोजक संस्था रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शमाले जानकारी दिए । उनका अनुसार पहिलो दिन चार सय ५७, दोस्रो दिन छ सय ५२ र तेस्रो तथा अन्तिम दिन सात सय ८५ सेवाग्राहीले सेवा लिएका हुन् । स्वयंसेवकका रुपमा खटिएका ५० र अन्य ५१ जना गरी शिविरबाट कूल एक हजार नौ सय ९५ जनाले सेवा लिएको उनले जानकारी दिए ।

मुसिकोट नगरपालिकालाई लक्षित गरेर शिविर आयोजना गरिए पनि शिविरमा जाजरकोट, रोल्पा, रुकुम पूर्वसम्मका बिरामीले सेवा लिएको अध्यक्ष शमाले बताए । शिविरबाट उपचार सम्भव नभएका २० बिरामीलाई नेपालगञ्ज र १० बिरामीलाई जिल्ला अस्पताल सल्ले रेफर गरिएको छ । जसमा हाड्जोनी र स्त्री रोगसम्बन्धी बिरामी छन् । शिविरमा नाम दर्ताको लागि रु एक सय दर्ता शुल्क रहेकामा बिरामी जाँच तथा औषधि वितरण निःशुल्क गरिएको थियो ।

शिविरबाट स्त्री रोग, बाल रोग, हाड जोर्नी, हात घुँडा, कम्मर, नसाको जाँच तथा उपचार गरिएको थियो । त्यस्तै शरीरका विभिन्न अङ्गको दुखाइ, दाँतसम्बन्धी सेवा, हाइड्रोशीलसम्बन्धी समस्याको जाँच तथा उपचार गरिएको थियो । शिविरमा दुई नेपाली र २० सिंगापुरका गरी विशेषज्ञ सहित २२ चिकित्सकले सेवा प्रदान गरेको शर्माले जानकारी दिए ।

ग्रेस मिसन सिंगापुरको आर्थिक सहयोग, मुसिकोट नगरपालिकाको समन्वयमा रूपान्तर नेपाल तथा ‘सिएसडिसी’ले स्वास्थ्य शिविरको आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?