पोस्टमार्टम एक प्रकारको अप्रेसन नै हो । जसमा शवलाई शल्यक्रिया गरेर विभिन्न परीक्षण गरिन्छ । शवको पोस्टमार्टम किन गरिन्छ भने कुनै पनि जीवको मृत्युको कारण के हो ?
पोस्टमार्टमका लागि मृतकका आफन्तको सहमति भएपछि मात्र यो हुने गर्छ । तर केही घटनामा प्रहरीले स्वयं नै गराउँछ, जस्तै हत्या, आत्महत्या, दुर्घटना आदी ।
मानिसको मृत्यु भएको ६ देखि १० घण्टाको अवधिमा शवको पोस्टमार्टम गर्दा घटनाको वास्तविकता स्पष्ट थाहा हुन्छ भनिन्छ । किनभने त्यो भन्दा धेरै समय राखेमा शवमा विभिन्न किसिमका प्राकृतिक परिवर्तनहरू देखिन्छन् ।
यो बाहेक शवको पोस्टमार्टम सूर्योदयदेखि सूर्यास्तसम्मको बीचमा बढी हुने गर्छ । किनभने ट्यूबलाइट वा एलइडीको प्रकाशमा चोटको रङ्ग रातोको स्थानमा बैजनी रङ्गको देखिन्छ ।
फोरेन्सिक साइन्समा बैजनी रङ्गमा देखिने चोटको कुनै व्याख्या गरिएको छैन । प्राकृतिक र कृत्रिम प्रकाशमा चोटको रङ्ग फरक देखिने हुनाले पोस्टमार्टमको रिपोर्टले कोर्टमा चुनौती दिन सक्छ ।
रातको समयमा पोस्टमार्टम नगर्नुको धार्मिक कारण पनि रहेको छ । राती अन्तिम संस्कार नगरिने भएकोले मृतकको पोस्टमार्टम नगरिएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया