मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोहीमा मह मिसाएर पिउनुहोस्, हुन्छन् यति धेरै फाइदा

यतिबेला गर्मी मौसम चलिरहेको छ । यस्तोमा सबैलाई चिसो चिज धेरै खान मन लाग्छ । यसकारण हामी कोक,फ्यान्टा,ड्युउ लगायत चिसो मोही पनि धेरैलाई मन पर्छ । तर गर्मीमा अन्य चिसो पेयपदार्थहरू भन्दा मोही स्वस्थकर हुन्छ । 

अझ , मोहीमा एक चिज मिसाएर खानुभयो भने त्यो स्वास्थ्यका लागि अझै धेरै फाइदाजनक हुन्छ । मोहीमा मह मिसाएर पिउनुभयो हुने निकै स्वास्थ्यलाभहरु मिल्छ । 

मोहीमा मह मिसाएर पिउँदा हड्डीलाई स्वस्थ राख्न सकिन्छ । यो मिश्रणमा भरपूर मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउने काम गर्छ । मोहीमा मह मिसाएर पिउँदा एसिडिटीको समस्याबाट पनि राहत दिन्छ । 

यसमा हुने तत्त्वहरू एसिडिटी कम गर्न सहयोगी हुन्छन् । डिहाइड्रेशनको समस्या छ भने मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ । यसो गर्नाले शरीर हाइड्रेट रहन्छ । मह र मोहीमा पाइने तत्त्वले पाचनलाई पनि राम्रो बनाउँछ ।

जसले गर्दा पेटसँग जोडिएका समस्या कम हुन्छन् । शरीरबाट टक्सिन बाहिर निकाल्न पनि मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ । यसले शरीरलाई डिटक्स गर्ने काम गर्छ । 

मोही र महमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट गुण हुन्छन् । यस्तोमा यो मिश्रणको सेवनले इम्यूनिटी बढाउँछ र रोग लाग्न दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?