काठमाडौँ – नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ ‘संशोधन सहित’ को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरूमा यज्ञराज उपाध्याय, राजेन्द्र खत्री, रवीन्द्र खड्का, रमेश कोइराला, चन्द्र शर्मा, सरोज भण्डारी, रिसबदेव घिमिरे, शान्ति सदा, देशु सुहाङ र गणेश हमाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया