मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो ओपन एआईले ल्याउन लागेको एआई ‘स्ट्रबेरी’ ?

काठमाडौँ – ओपन एआईले आफ्नो तार्किकता–केन्द्रित आर्टिफिसियल इन्टेलिजेन्स ‘स्ट्रबेरी’ ल्याउने तयारी गरेको छ ।

आगामी दुई हप्ताभित्र च्याटजीपीटीअन्तर्गत आउने यो एआईले  प्रश्नको तुरुन्त जवाफ दिनुको सट्टा पहिले “सोच्ने” क्षमता राख्छ। यहिकारण यो अन्य संवादात्मक एआईभन्दा फरक छ ।

स्ट्रबेरी च्याटजीपीटीको हिस्सा भए पनि यो एक अलग सेवा भएको द इन्फर्मेशनमा उल्लेख छ। यो सेवालाई दुई जनाले परीक्षण गरिसकेको जानकारीको आधारमा मंगलबार द इन्फर्मेशनले रिपोर्ट गरेको हो । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गत जुलाईमा च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई आफ्ना एआई मोडेलहरूको नयाँ दृष्टिकोणमा “स्ट्रबेरी” नामक प्रोजेक्टमा काम गर्दै गरेको विशेष रिपोर्ट प्रकाशन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?