मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वस्थ र सुन्दर कपाल बनाउनको लागि तेल

थोरै बेवास्ता गर्नाले पनि कपाल झर्ने, टुक्रिने, रुखो हुने र चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा समेत नकारात्मक असर पर्छ । त्यस कारण हरेक समयमा कपालको स्याहार गर्न जरुरी हुन्छ ।

 कपालको स्याहारमा छुटाउन नहुने भनेको तेल हो । तेल लगाउनाले कपाललाई भित्रैबाट पोषण मिल्छ । आजकालका आधुनिक तेलभन्दा पहिलेदेखि चलिआएका तेलहरू नै कपालको सौन्दर्यका लागि राम्रो मानिन्छ ।   

– क्यास्टरको तेलमा ओमेगा–३, फ्याटी एसिड र भिटामिन ई भरपुर मात्रामा हुन्छ । यसको दिनहुँ प्रयोग गर्नाले कपाल चाँडै बढ्छ ।  तर यसलाई  सिधै तालुमा नलगाईकन नरिवल वा बदामको तेलसँग मिसाएर लाउनु राम्रो हुन्छ । 

– तिलको तेलमा भिटामिन बी, भिटामिन ई, क्याल्सियम, फस्फोरस र प्रोटिनजस्ता तत्त्वहरू पाइन्छ । यो तेल कपालमा लगाउनाले कपालको चाया हट्छ । यसका साथै यसले तालुलाई पनि कोमल बनाउँछ । यसले कपाल झर्ने समस्या पनि कम गर्छ । तेल लगाएको करिब २० मिनेटपछि  स्याम्पुले कपाललाई सफा गर्नुपर्छ ।   

– बदामको तेलले कपाल टुक्रिने र झर्ने समस्या कम गर्छ ।  कपाल झर्ने थुप्रै कारणमध्ये कपाललाई पोषण नपुग्नु र म्याग्नेसियमको कमीले हुन्छ । बदामको तेलमा म्याग्नेसियम रहेको हुन्छ जसले कपाललाई टुक्रिन र झर्नबाट रोक्छ ।  

– जैतुनको तेलले मुख्यतया कपालको हाँगा फाट्ने र लट्टा पर्ने समस्याबाट छुटकारा दिलाउँछ । जैतुनको तेलमा भएको मोस्चराइजिङ गुणले कपाल कोमल र चमकदार बन्छ । 

अण्डालाई फिटेर त्यसमा थोरै मात्रामा मह र जैतुनको तेल मिसाएर लगाउने र सुकेपछि स्याम्पुले धुनाले कपाललाई पोषण मिल्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?