कोलेस्ट्रोल लक्षण लिएर आउँदैन । त्यसैले परीक्षण गर्नुपर्छ । कोलेस्ट्रोलको मात्रा धेरै बढेपछि मात्रै प्यारालाइसिस, हृदयाघात हुन सक्छ । यसको नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ ।
सामान्य मानिसको कोलेस्ट्रोल परीक्षणले उसले कति र कस्तो प्रकारको बोसो खपत गरिरहेको छ भनेर बताउँछ । २० वर्ष माथिका वयस्कहरूलाई प्रत्येक चार देखि छ वर्षमा कोलेस्ट्रोल परीक्षण गर्न सिफारिस गरिएको छ।
यसले कोलेस्ट्रोल स्तर ट्र्याक गर्न र कुनै पनि सम्भावित जोखिम पहिचान गर्न मद्दत गर्दछ। यसबाहेक यो केही मानिसहरूको लागि धेरै महत्त्वपूर्ण हुन्छ। जस्तै :
१. ४० वर्ष भन्दा माथिका मानिसहरूका लागि , किनभने यो उमेरका मानिसहरू बढी तनाव र अस्वस्थ जीवनशैलीबाट गुज्रिरहेका छन् ।
२. हृदय रोगको पारिवारिक इतिहास भएका धूम्रपान गर्नेहरूले यो परीक्षण नियमित रूपमा गराउनुपर्छ ।
३ . मधुमेह, उच्च रक्तचाप तथा मोटोपनबाट पीडित व्यक्तिहरूमा पनि यसको जोखिम उच्च हुन्छ।
४ . अस्वस्थ जीवनशैली र खानपान भएका मानिसहरूले नियमित कोलेस्ट्रोल जाँच गर्न आवश्यक छ । यसबाहेक कोलेस्ट्रोललाई असर गर्ने औषधि सेवन गर्ने व्यक्तिहरूका लागि पनि यो आवश्यक छ।
अन्तमा, हृदय रोग वा स्ट्रोक भएका व्यक्तिहरूका लागि लिपिड प्रोफाइल परीक्षण पनि आवश्यक छ । त्यसैले, आफ्नो कोलेस्ट्रोल जाँच गराइरहनुपर्छ ।
यसका अतिरिक्त उच्च कोलेस्ट्रोलबाट जोगिन स्वस्थ जीवनशैली तथा खानपानमा ध्यान पुर्याउनु पर्छ भने व्यायाम वा शारीरिक अभ्यासलाई निरन्तरता दिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया