काठमाडौँ – दक्षिण भारतमा सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी गरेको एक हप्ताको हडताल बुधबार पनि चलेको छ।
दक्षिणी सहर चेन्नईबाहिर रहेको एक प्लान्टमा टेलिभिजन, रेफ्रिजेरेटर र अन्य उपभोग्य सामग्री निर्माण गर्ने करिब एक हजार ८०० कामदार कार्यरत सामसङका सयौँ कर्मचारीले आन्दोलनमा भाग लिएका छन्।
तर सामसङ इन्डियाका प्रवक्ताले भने कामदारको हित कम्पनीका लागि ‘उच्च प्राथमिकता’ रहेको र यसले कम्पनीका ग्राहकहरूलाई कुनै पनि ‘व्यवधान’ नहुने बताएका छन्।
उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने उनको भनाई छ ।
तर यसले सामसङ कम्पनीको पछिल्लो हालतको सङ्केत गरेको छ । यसअघि जुलाईमा दक्षिण कोरियामा पनि हजारौँ युनियनमा आबद्ध कामदारहरूले तलब र लाभको विषयमा हडताल गरेका थिए।
दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादनको लगभग एक चौथाइ हिस्सा ओगटेको कम्पनी भित्र देखिएको यो अवस्थाले सामसङ समस्यामा पर्दै गएको सङ्केत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया