स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्त्व छ । तिलमा पाइने पुष्टिकारक तत्त्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ ।
तिलमा पाइने सेसामोल नामक तत्त्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ । तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन् । तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन ।
तिलका गेडामा पाइने म्याग्नेसियमले श्वासप्रश्वासमा हुने ऐँठन हटाएर दम लगायतका रोग लाग्न दिँदैन । तिलका गेडामा पाइने तामाले बाथजन्य पीडा घटाउँछ । यसले रक्त कोशिका, हड्डी र जोर्नीहरूलाई बलियो बनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया