मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कर्णाली प्रदेशमा ललितकलासम्बन्धी छलफल

काठमाडौँ– कर्णाली प्रदेशमा ललितकलासम्बन्धी छलफल भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा सो छलफल भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशबाट काठमाडौं उपत्यकामा रही कला कर्म गरिरहेका कलाकार, विज्ञ, संस्कृतिकर्मी, जनप्रतिनिधि, राजनीतिज्ञलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णाली प्रदेशमा ललितकलाको गतिविधिलाई अघि बढाउन सरकारले सक्दो सहयोगका लागि पहल गर्ने बताए।

‘प्रदेशका विभिन्न कला, संस्कृति, भाषा, साहित्य तथा ललितकला लोप हुँदै गएको अहिलेको परिवेशमा यसको संरक्षण र संवर्धन गर्नु हामी सबै लाग्नु आवश्यक छ। यिनको अनुसन्धान गर्न सकेमा हाम्रो देशलाई ठुलो योगदान पुग्ने छ,’ मन्त्री ठकुरीले भने।

प्रतिनिधिसभा सदस्य विनिता कठायतले कर्णालीलाई राज्यले हेर्ने दृष्टिकोण जे जस्तो भए पनि प्रतिष्ठानको अग्रसरतामा भएको कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?