मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेलर स्विफ्टको समर्थन कमला ह्यारिसलाई

काठमाडौँ – हलिउड गायिका टेलर स्विफ्टले राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

बुधबार बिहान सम्पन्न राष्ट्रपतिको टेलिभिजन बहसपछि स्विफ्टले ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत ह्यारिस अधिकारको लागि लड्ने योद्धा भएको उल्लेख गर्दै ह्यारिस प्रभावशाली नेतृ भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- ‘म २०२४ को राष्ट्रपति चुनावमा कमला ह्यारिस र टिम वाल्जलाई मेरो भोट दिनेछु । म ह्यारिसलाई भोट गर्दै छु किनभने उनी अधिकारका लागि लड्छिन् । मलाई लाग्छ उनी एक स्थिर र प्रतिभाशाली नेता हुन् र मलाई विश्वास छ, देशलाई शान्तिपूर्ण तरिकाले नेतृत्व गर्न आवश्यक छ, अराजकताले होइन ।’

स्विफ्टले आफ्नो पोस्टमा पहिलो पटक भोट दिन लागेका मतदाताहरू आफ्नो नाम दर्ता गर्न आव्हान गरेकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?