मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् मधुमेह रोगीका लागि औषधी समान खानेकुरा 

हामीले खाने खानेकुराको ब्यालेन्स र मात्रा नमिल्दा लाग्ने रोग हो मधुमेह । यो जीवनशैलीसँग सम्बन्धित रोग हो । धेरै नेपालीहरू यो रोगबाट पीडित छन् । अझ भनौँ यो नेपालीहरूको साझा रोग हो । 

आजभोलिको जीवनशैली, खानपान, शारीरिक रूपमा निष्क्रिय रहने बानी, मोटोपना आदि धेरै कारणले पनि मधुमेहलाई जन्म दिइरहेको छ । 

कसैको आमाबाबुलाई मधुमेह भएको छ भने तिनीहरूका छोराछोरीलाई पनि मधुमेह हुने सम्भावना उच्च हुन्छ । तपाईँ दैनिक व्यायाम गर्नुहुन्छ र भोजनमा रगतमा चिनीको मात्रा नियन्त्रित राख्न सघाउने कुराहरूलाई समावेश गर्नु हुन्छ भने तपाईँ स्वस्थ रहन सक्नुहुन्छ ।

मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले धेरै रोगलाई जन्म दिन्छ अनि कयौँ अंगलाई क्षति पनि पुर्‍याउँछ । यसकारण आज हामी मधुमेहलाई नियन्त्रणमा राख्ने मधुमेहका बिरामीका लागि शरीरमा चिनीको मात्रा म्यानेज गर्न सघाउने केही खानेकुराहरूको विषयमा जानकारी गराउँछौ । 

अमला

यसमा प्रचुर मात्रामा क्रोमियम पाइन्छ । यो एक खनिज हो जसले कार्बोहाइड्रेट मेटाबोलिजमलाई नियन्त्रित गर्दछ । अमलाले शरीरलाई इन्सुलिनको लागि अधिक प्रतिक्रियाशील बनाउँछ, जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रित रहन्छ । 

करेला

रगतमा चिनीको मात्रा घटाउन करेला निकै फाइदाजनक हुन्छ । करेलामा इन्सुलिन जस्तै काम गर्ने गुणहरू हुन्छन्, जसले कोशिकाहरूमा ऊर्जाको लागि ग्लुकोज ल्याउन मद्दत गर्दछ ।

नीम

नीमले ग्लुकोज ट्रान्सपोर्टर ४ (जीएलयूटी४)को नियमन गर्छ र ग्लुकोसिडेज जस्ता आन्द्राको प्रमुख इन्जाइमहरूलाई अवरोध गरेर ग्लुकोजको खपत कम गराउन सक्छ । तपाईँलाई पनि मधुमेह छ भने नीमको पातलाई पानीमा उमालेर त्यसको रस पिउन सक्नुहुन्छ ।

जामुन

जामुन एक प्रकारको फल हो । यसमा जाम्बोलिन नामक यौगिक हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न यो निकै प्रभावकारी हुन्छ । जामुन मधुमेह रोगीका लागि निकै लाभदायक फल हो ।

आलस

आलसको दानामा फाइबर, ओमेगा–३ फ्याटी एसिड र लिगनेन प्रचुर मात्रामा पाइन्छ । यसले रगतमा  चिनीको मात्रालाई नियन्त्रित गर्न र इन्सुलिन संवेदनशीलतामा सुधार ल्याउन मद्दत गर्न सक्छ । 

दालचीनी

रगतमा चिनीको मात्रा घटाउन दालचिनी निकै लाभदायक मानिन्छ । यसले इन्सुलिनको प्रभावको नक्कल गर्न सक्ने धेरै अनुसन्धानले देखाएको छ । इन्सुलिन एक हार्मोन हो । यसले रगतबाट चिनी हटाउने काम गर्दछ । दालचिनीलाई चिया वा पानीमा राखेर पिउन सकिन्छ । यसलाई खानामा पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?