मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शेयर मार्केट

सरकारी कार्यालयमा अब टीएमएस नचल्ने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौँ– सरकारले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) माथि प्रतिबन्ध लगाएको छ । शेयर बजारका कारण सरकारी कामकाज प्रभावित भएको भन्दै प्रतिबन्ध लगाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत देशभरिका सबै सरकारी कार्यालयमा शेयर बजार कारोबार गर्ने सिस्टम नचल्ने बताएका हुन् ।

‘जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु।,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

यसअघि सरकारी कर्मचारीले कार्यालय समयमा शेयर बजारमा लगानी गर्न टीएमएस चलाउँदा काममा प्रभावित परेको भन्दै जनगुनासो आएका थिए । सरकारी कर्मचारीले कार्यालय समयभित्र शेयर बजार कारोबार कानूनी दृष्टिले पनि अमान्य भएको ओलीको भनाइ छ ।

शेयर बजार आइतवारदेखि बिहीवारसम्म विदाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुला हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?