मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयुर्वेद स्वास्थ्य केन्द्र पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन

तनहुँ – जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ । 

केन्द्रमा सञ्चालक समिति नहुँदा कार्यालयको खर्च व्यवस्थापन तथा बिरामीलाई थप सेवा विस्तारमा कठिनाइ भएको छ । समितिका तत्कालीन अध्यक्ष देवीबहादुर बस्नेतको कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति गठन नहुँदा आयुर्वेद केन्द्र सञ्चालनमा समस्या भएको हो । 

केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार सञ्चालक समिति नहुँदा केन्द्रबाट नागरिकलाई प्रदान गरिने थप सेवा सुविधा प्रभावित भएको छ । उनका अनुसार टिकट शुल्क र सेवाबापतको रकम जम्मा गरिएपनि  नयाँ सिर्जनशील र सेवा सुविधा विस्तार रोकिएका छन् ।

केन्द्रमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारमा आउने बिरामीमध्ये अधिकांश ग्याष्ट्रिक, बाथ र ज्वरोका हुने गरेका छन् । केन्द्रले प्रयोगशाला सञ्चालनमा ल्याएको छ । निरीक्षक चापागाईँले भने, “न्यून शुल्कमा प्रयोगशाला परीक्षण गर्ने सुविधा भएपछि बिरामीको चाप बढ्दै गएको छ ।” 

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्त गर्न विलम्ब गरेकाले केन्द्रमा खर्च व्यवस्थापन तथा बिरामीका लागि थप सेवा सुविधा विस्तारमा कठिनाइ भएको उनको भनाइ छ । क्षारसुत्र, पञ्चकर्म, प्रयोगशाला र टिकट दस्तुरबापतको आम्दानीको पैसाबाट नयाँ काम तथा खर्च व्यवस्थापन गर्न नपाउँदा समस्या भएको केन्द्र प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए । 

“हामीले पटक–पटक मन्त्रालयमा ताकेता गरिरहेका छौँ, कुनै सुनुवाइ भएको छैन्,” उनले भने, “समस्या समधान नहुँदा काम गर्न कठिनाइ भएको छ ।” प्रदेशका स्वास्थ्यमन्त्री परिवर्तन भएका कारण समस्या उत्पन्न भएको उनले बताए । “मन्त्रालयबाट नीतिगत निर्णय हुने बित्तिकै यो काम अघि बढ्छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?