मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुन सागले कस्ता–कस्ता रोगबाट बचाउँछ ?

हामी तरकारी मध्यमा पनि हरियो सागपात धेरै रुचाउँछौ । हरियो साग तरकारीहरू स्वास्थ्यको दृष्टिकोणले पनि बहुउपयोगी मानिन्छ ।

हरियो सागपात हामी सबैको भान्सामा पाकिरहने तरकारी हो । वास्तवमै हरियो सागपातले हाम्रो स्वास्थ्यमा पनि निकै लाभ पुर्‍याउँछ । विभिन्न किसिमका सागपातहरूले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, फलाम, पोटासियमजस्ता तत्त्वहरू प्रदान गर्छ । 

जसले शरीरलाई स्वास्थ्य र फुर्तिलो बनाउन मद्दत गर्छ  । हरियो सागपातमा विभिन्न किसिमका भिटामिन र खनिज पदार्थ पाइन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ । तर तरिका नमिलाएर यस्ता साग–तरकारी पकाउँदा पौष्टिक पदार्थहरू खेर गइरहेको हुन्छ ।

जस्तै सागलाई  मसिनो टुक्रा बनाएर मिचिमिची हरियो झोल जाने गरी पखाल्ने गर्छन् । त्यसो गर्दा शरीरलाई आवश्यक पर्ने तत्त्व खेर गइरहेको हुन्छ । त्यतिमात्र होइन हरियो सागपातलाई धेरै बेर पकाउँदा पनि कतिपय भिटामिन नष्ट हुन्छ त्यसैले यसलाई ठीक मात्रामा पकाउनु पर्दछ ।

सबैलाई हरियो साग खानुपर्छ भन्ने विषयमा ज्ञान भएपनि  यसका स्वास्थ्य लाभहरु र कुन सागले कति फाइदा पुर्‍याउँछ भन्ने विषयमा थाहा नहुन सक्छ । यसकारण आज हामी कुन सागले कस्तो स्वास्थ्य लाभ मिल्छ भन्ने सन्दर्भमा जमानकारी गराउँछौ । 

रायोको साग 

रायोको साग हामी सबैको भान्छामा पाइने तरकारी हो । रायोको सागमा हाम्रो शरीरलाई अत्यावश्यक खनिज पदार्थ जस्तै फलाम, पोटासियम, क्याल्सियम जिन्क, भिटामिन ए, के, सी प्रशस्त मात्रामा पाइन्छ । रायोको साग नियमित खानाले हड्डी खिइने, रक्तअल्पता, मुटुरोग, प्रोस्टेट क्यान्सर इत्यादि रोगहरूबाट बचाउँछ ।

सिस्नु 

सिस्नु रक्तअल्पता, मधुमेह, उच्च रक्तचाप र दम रोगका बिरामीहरूको लागी महत्त्वपूर्ण र फाइदाजनक तरकारी हो । यसको सेवनले सुत्केरी आमाको दूधको मात्रा बढाउँछ, घाउ निको गर्छ, कपाल बढाउँछ, रगतमा भएको विष सफा गर्छ, मिर्गौलाको पत्थरी हुनबाट बचाउँछ ।  

तोरीको साग

तोरीको साग खानाले पाचन प्रणाली, मुटु, मस्तिष्कलाई स्वस्थ राख्दछ । यसमा खनिज, फाइबर, भिटामिन के, ए, सी, ई र फोलेट पाइन्छ । एन्टीअक्सिडेन्ट र एन्टीइन्पलामेन्टरी पाइने हुनाले यसले पिसाब थैली, ठुलो आन्द्रा, फोक्सो र डिम्बाशयको क्यान्सर हुनबाट बचाउँछ ।

चम्सुरको साग

चम्सुरको सागमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । आँखाको ज्योति बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ । चम्सुरको सागले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

मेथीको साग

मेथीको सागलाई प्राचीन कालदेखि हर्बल जडीबुटीको रूपमा प्रयोग गरिँदै आएको छ । यसको पात तितो भएपनि  विभिन्न रोगहरू निको पार्न सहयोग गर्दछ । यसमा विभिन्न पौष्टिक पदार्थहरू पाइन्छ जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । एक चिया चम्चा मेथीको गेडामा ३५ ग्राम क्यालोरी साथै अन्य पोषक पदार्थहरू पाइन्छ । यसले पेटसम्बन्धी समस्याको समाधानमा मद्दत गर्दछ । यसले मधुमेह, उच्च रक्तचाप, कब्जियत, बाथ रोगमा निको पार्न सहयोग गर्दछ । मेथी  सौन्दर्यका लागी पनि प्रयोग गर्न सकिन्छ । मेथीले कपाल लामो र चम्किलो पार्दछ ।

सलादको साग

यो साग काँचै खाने भएकाले यसलाई सलाद साग भनिन्छ । यसलाई भिटामिन के, ए, सी र पोटासियमको राम्रो स्रोत मानिन्छ । सलाद सागले मधुमेह, क्यान्सर, हृदयरोग, अनिद्रा, ग्यास्ट्रिक हुनबाट बचाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, मेटाबोलिज्म राम्रो बनाउँछ । 

कर्कलो

कर्कलोमा प्रशस्त मात्रामा फाइबर, भिटामिन ए, सी, इ र फोलेट पाइन्छ । कर्कलो एन्टिअक्सीडेन्टको स्रोत हो । कर्कलोले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, कोलेस्ट्रोल नियन्त्रण गर्छ, आँखा, छाला, गर्भावस्थामा भुण्रलाई स्वस्थ राख्छ, रक्तअल्पता कम गर्न सहयोग गर्दछ । 

बेथेको साग

बेथेको सागमा विभिन्न किसिमका पोषक पदार्थहरू जस्तै रेसा, भिटामिन ए, सी र खनिजहरू जस्तै क्याल्सियम, फलाम, पोटासियम, फस्फोरस, म्याग्नेसियम र जिङ्क पाइन्छ । बेथेको सागको प्रयोग गर्नाले कब्जियत, पायल्स, स्कर्बी, रक्तअल्पता, जुका, मिर्गौलाको पत्थर, मुखको अल्सर, श्वास गन्हाउने समस्या हटाउन मद्दत गर्दछ । मस्तिष्क र शरीरलाई स्वस्थ राख्छ । रगत सफा गर्छ । यस्तो बहुगुणी बेथेको सागलाई नियमित रूपमा प्रयोग गर्न सके विभिन्न खतरनाक रोगहरूबाट बच्न सकिन्छ ।

सलादको साग

यो साग काँचै खाने भएकाले यसलाई सलाद साग भनिन्छ । यसलाई भिटामिन के, ए, सी र पोटासियमको राम्रो स्रोत मानिन्छ । सलाद सागले मधुमेह, क्यान्सर, हृदयरोग, अनिद्रा, ग्यास्ट्रिक हुनबाट बचाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, मेटाबोलिज्म राम्रो बनाउँछ । 

पालुङ्गोको साग

पालुङ्गोको सागमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट ,पोटासियम, भिटामिन ए, के र फाइबर पाइन्छ । यसले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, रक्तअल्पताको लागि लाभदायक हुन्छ । पालुङ्गोको सागले आँखा, छाला र कपाललाई स्वस्थ राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?