मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् केरा खानुका फाइदा र बेफाइदा

केरा सबैलाई मन पर्ने फल हो। राम्रो र पौष्टिक आहार स्वास्थ्यको लागि लाभदायक हुन्छ। तौल बढाउन वा शरीर निर्माण गर्न चाहने दुब्ला पातला मानिसले केराको सेवन गर्नु निकै राम्रो हुन्छ।

केराको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी धेरै रोगबाट बच्न सकिन्छ। मुटुसम्बन्धी समस्यादेखि महिलाको महिनावारीको अनियमितता, छाती पोल्ने, कब्जियतलगायतका शरीरका अन्य स्वास्थ्यसम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगी रहेको चिकित्सकको भनाइ छ।

केरा सेवनबाट तत्कालै ऊर्जा मिल्छ। केरामा पोटासियमको मात्रा धेरै हुन्छ र जसकारण रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ।

केराले हड्डी बलियो बनाउन मद्दत गर्छ साथै केराको सेवनले डिप्रेसनबाट समेत मुक्त हुन सकिन्छ। तर केरा खानुका केही बेफाइदा पनि छन् । केरा खानुका फाइदा र बेफाइदाहरू बारे जान्नुहोस्।

केरा खानुका फाइदा

–केरामा पोटासियम हुन्छ, कसरत पछि केरा नियमित खानु फाइदाजनक हुन्छ।

–केरामा भिटामिन बी ६ पाइन्छ, जसले मस्तिष्कको शक्ति बढाउनका साथै यसको सेवनले स्मरण शक्तिलाई तेजिलो बनाउँछ ।

–केरा तौल नियन्त्रणमा फाइदाजनक हुन्छ ।

–केराले कब्जियत र पेटको समस्याबाट राहत दिन्छ।

–केरामा अमिनो एसिडको मात्रा बढी हुने भएकाले हर्मोनको स्तर ठिक रहन्छ र मुड ठिक रहन्छ। यसले तनाव कम गर्छ।

–केराले मुटु रोगबाट बचाउँछ ।

केरा खानुका बेफाइदा

–केरामा धेरै क्यालोरी हुन्छ, जसले तौल बढाउँछ। त्यसैले तौल बढी भएका व्यक्तिहरूले केराको कम सेवन गर्नु पर्छ।

–केरामा प्रोटिन कम हुन्छ, जसका कारण यसको सेवनले मांसपेशी कमजोर हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?