मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफू सन्तान जन्माउन सक्षम नरहेको  सेलेना गोमेजकाे खुलासा

काठमाडौँ – चर्चित गायिका सेलेना गोमेजले आफू सन्तान जन्माउन सक्षम नरहेको खुलासा गरेकी छिन्।

भ्यानिटी फेयरसँगको अन्तर्वार्तामा ३२ वर्षीया गायिका र अभिनेत्री गोमेजले यस्तो बताएकी हुन् । अन्तर्वार्तामा, गोमेजले आफूलाई सन्तान जन्माउन इच्छा रहेको र सरोगेसीबारे विचार गरिरहेको समेत बताइन् । 

गोमेजका अनुसार उनमा धेरै स्वास्थ्य समस्या छन् । फलतः गर्भधारण गरे उनी र उनको बच्चाको जीवन खतरामा पर्ने छ । 

गोमेजले यसअघि नै आफ्नो ल्युपस रोगबारे खुलेर कुरा गरेकी थिइन् । जुन रोग लागेपछि शरीरको प्रतिरक्षा प्रणालीले सामान्य तन्तुहरूलाई आक्रमण गर्छ।

यसको लक्षणहरूलाई औषधिको प्रयोगद्वारा व्यवस्थापन गर्न सकिन्छ। २०१७ मा, उनले ल्युपससँग सम्बन्धित किड्नी प्रत्यारोपण गरेको खुलासा गरेकी थिइन्।

हाल गोमेजको संगीत निर्माता बेनी ब्लान्कोसँग प्रेम सम्बन्ध रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?