मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

काठमाडौं – सोमबार साँझ अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि खुलेको छ।

धादिङको धुनिबेसी नगरपालिका–९ मा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोले राजमार्ग साँझ ६ बजेदेखि राति १ बजेसम्म अवरुद्ध भएको थियो।

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार राति साढे ११ बजे एकतर्फी र साढे १ बजे दुईतर्फी बाटो खुला भएको हो।

भारी वर्षापछि आएको लेदोसहितको पहिरोले राजमार्ग छोपिँदा केही सवारी साधनमा सामान्य क्षति हुनुबाहेक अन्य कुनै ठुलो दुर्घटना नभएको थपलियाले जानकारी दिएका छन्।

केही घण्टा सडक अवरुद्ध हुँदा राजधानी भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएका थिए। मध्यरातमा सडक खुलेसँगै अहिले सवारी आवतजावत सामान्य भएको थपलियाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?