काठमाडौँ – ब्राजिलका फुटबलर नेइमार छिट्टै मैदानमा फर्किने तयारी गरेका छन् ।
गतवर्षको नोभेम्बरमा घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमारले गोप्य रूपमा आफ्नो इन्जुरिबाट फर्किन तयारी गरिरहेको भए पनि उनी कहिले देखि मैदानमा फर्किन्छन् भन्ने स्पष्ट भएको छैन ।
३२ वर्षीय नेइमार साउदी क्लब अल हिलालमा गएपनि केवल ५ खेल खेलेका छन् र एक गोल मात्र गरेका छन् ।
यस अघि सेप्टेम्बर वा बढीमा अक्टोबरसम्म नेइमार पूर्ण रूपमा फिट हुने बताइएको थियो । नेइमारले पनि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ‘वर्क इन् साइलेन्स’ भन्दै ऊनी २०२४ मा मैदानमा नदेखिने रिपोर्टको जवाफ दिएको बुझिएको छ ।
नेइमारले हाल अल हिलालको रिह्याब सेन्टरमा कडा मिहिनेत गरिरहेको बताइएको छ ।
यसैबीच अल हिलालले भने नेइमारलाई जनवरीसम्म आफ्नो साउदी प्रो लिगको टिमबाट बाहिर राखेको छ । अल हिलालले नेइमारलाई एशियन च्याम्पियन्स लिगको टिममा भने समावेश गरेको छ ।
लिगमा ८ विदेशी खेलाडी मात्र राख्न पाउने भएका कारण नेइमारलाई टिम बाहिर राखिएको बताइएको छ । अल हिलालले नेइमार ठिक भए पनि साउदी लिगमा जनवरीपछि मात्र खेलाउने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया