दाँत हाम्रो सौन्दर्य हो । मुसुक्क हाँस्दा मिलेका सेता दाँत भए भने हाम्रो आत्मविश्वास पनि बढ्छ । तर विडम्बना सबैको दाँत आफूले चाहेजस्तो सेतो, सफा र मिलेको हुँदैन । यसकारण धेरै मानिसहरू दाँत पेलो हुने समस्याले हैरान भइरहेका भेटिन्छन् ।
दाँत फोहोर हुने पहेँलो हुने सामान्य कारण भनेको नियमित दाँत नमाझ्नु हो भनेर बुझ्छौ हामी । तर अन्य विभिन्न कारणहरू र हाम्रो दैनिकीले पनि दाँत पेलो हुने समस्या निम्त्याईरहेको हुन्छ ।
दन्त चिकित्सक डा.सुनिता कार्की भन्नुहुन्छ सामान्यतया दाँत डिसकलर हुने तिन कारणहरू रहेका छन् । पहिलो भनेको हाम्रो दाँतसँग बाहिरी कुराहरूको अट्याक हुन आउँछ भने पनि दाँत पहेँलो हुने समस्या हुन्छ ।
हामीले खाने खानाहरू जस्तै चिया,कफी,रेड वाइन, सुर्तीजन्य पदार्थहरू, माउथ फ्रेसनरहरुको प्रयोग आदिले यस्तो समस्या निम्त्याउँछ जुन हाम्रो दाँतको बाहिरी सतह इनामेल भन्ने भागसम्म मात्रै रहन्छ । यस्तो समस्याको निराकरण पनि हुन्छ ।
अर्को दोस्रो कारण भनेको हाम्रो शरीरभित्रकै भित्री कारणहरूले हुन्छन् । यो समस्या भनेको गर्भावस्थामा आमाहरूमा कुनै समस्या छ र एन्टिबायोटिकहरुको प्रयोग गर्नुभएको छ भने बच्चामा पछि समस्या हुनसक्छ ।
यस्तै अन्य जेनेटिक कारणहरुपनि हुनसक्छ । अर्को भनेको यदि कतै लड्नुभयो,ठोक्किनुभयो र दाँतको नशाहरू मर्यो भने यसले गर्दा पनि दाँतहरु डिसकलर हुनसक्छ । यसैगरी दाँतहरू भर्दा अमाल्गम भन्ने सामानहरू प्रयोग गर्छौ यसले पनि समस्या निम्त्याउन सक्छ ।
अरू किराहरू लागेर,आरसिटि गरेको अवस्थामा,कलेजोमा समस्या,क्यान्सरका किमोथेरापी गराइरहनुभएका बिरामीहरू,रक्तचापको औषधि लिइरहनुभएका मानिसहरुमा पनि यो समस्या देखिन सक्छ ।
अर्को भनेको उमेरका कारण हुन्छ । जति उमेर बढ्दै गयो दाँत पेलो हुँदै जाने समस्या हुन्छ । उमेर बढ्दै जाँदा दाँतको बाहिरी इनामेलहरू पातलो हुँदै जाने हुन्छ र यस्तो समस्या बढ्छ ।
दाँतलाई सेतो बनाउन सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको राम्रोसँग ब्रस गर्नु नै हो । यससाथै हेल्दी फुडहरूको सेवन गर्ने, पर्याप्त मात्रामा पानी पिउने, सुर्तीजन्य पदार्थहरू नखानुहोस्,नुन पानीले कुल्ला गर्ने आदि गर्न सकिन्छ ।
यसका साथै हामीले खानेकुराहरूको सेवन गर्दा फाईबरटिज फुडहरु,भेजिटेबलहरु,चिज, मिल्क,चुईन्गमहरुको सेवन गर्दा पनि दाँतको स्वास्थ्यमा राहत मिल्छ । दिनमा दुईपटक ब्रस गर्नुहोस् ।
ब्रस गर्दा हामी दाँतहरू मात्रै घोट्छौ तर हामीले जिब्रोमा पनि ब्रस गर्नुपर्ने हुन्छ । र ब्रस छनौट गर्दा हामी कडा खालको ब्रस रोज्छौ तर यो सही होइन ।
कडा ब्रसले दाँत धेरै घोटिने,गिजामा घाउ हुने जस्ता समस्याहरू देखापर्नसक्छ । यसकारण हामीले नरम ब्रसको छनौट गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया