काठमाडौँ – कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरूले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेशी तोकिएको छ ।
यो मुद्दाको पेशी सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा तोकिएको छ ।
निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् ।
सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ ।
कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बिमा बापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया