काठमाडौँ– साहित्यकार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले सो उपन्यासलाई सम्मान गर्ने एक प्रेस विज्ञप्तीमार्फत जनाएको हो ।
पुरस्कारका लागि प्रतिष्ठानलाई १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको हो ।
उनले समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्यातासमेत हुन् ।
यसैगरी त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्राडा केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कृत गर्ने भएको छ । समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका भन्दै उनलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन् । सो पुरस्कारको राशी जनही ३ लाख रुपैयाँ तथा सम्मान पत्र रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया