मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

जोयनेपाल
2.1k
Shares
फाइल फोटो

काठमाडौँ – त्रिभुवन जहाजस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ।

श्री एअरलाइन्सको जहाज सुर्खेतका लागि उडेको थियो। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन जहाजस्थलमै आकस्मिक अवतरण गराएका हुन्।

अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो। जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थल स्रोतले जनाएको छ।

कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?