मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हलिउड

सानैदेखि लागूऔषध दुर्व्यसनमा फसेका ‘आइरन म्यान’ उर्फ रोबर्ट डाउनी जुनियर कसरी विश्वभर चर्चित बने ?

काठमाडौँ– हलिउडमा सदावहार नाम हो-रोबर्ट डाउनी जुनियर । उनी बदनाम भए होलान् तर कहिल्यै गुमनाम भएनन् । ७० को दशकदेखि हलिउडमा उनी सक्रिय छन् । सन् १९६५ मा न्यूयोर्कको म्यानहटनमा जन्मेका रोबर्ट डाउनी जुनियरका बुबा आफैँ फिल्म निर्माता थिए ।

यसै कारण सानै उमेरदेखि उनलाई अभिनय यात्रामा आउने अवसर जुर्‍यो । उनले केबल ५ वर्षको उमेरमा नै सन् १९७० मा आफ्नै बाबु रोबर्ट डाउनी सिनियरले निर्देशन गरेको ‘पाउण्ड’ फिल्मबाट अभिनय यात्रा थालेका थिए । आफ्नो फिल्मी करिअरमा डाउनी जुनियरले ६ दर्जनभन्दा धेरै फिल्ममा काम गरिसकेका छन् ।

उनले ‘ट्रू बिलिभर’, ‘च्यापलिन’, ‘सर्ट कट्स’, ‘न्याचुरल बोर्न किलर्स’, ‘वान नाइट स्ट्याण्ड’, ‘ब्लाक एण्ड ह्वाइट’, ‘जोडियाक’ जस्ता फिल्ममा अभिनय गरेका छन् । त्यसबाहेक उनले मार्भलको सुपरहिरो फिल्महरुमा अभिनय गरेको आइरन म्यान र टोनी स्टार्कको भूमिकालाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

त्यसैगरी, ‘ट्रपिक थण्डर’, ‘डूलिटिल’ र ‘सेरलक होम्स’ मा पनि उनले धमाकेदार अभिनय गरेका छन् ।

सानैदेखि उनी लागूऔषधको कुलतमा फसेका थिए । उनका बाबु रोबर्ट डाउनी सिनियर लागूऔषधका अम्मली थिए भने उनकी आमालाई मदिराको लत थियो । त्यही भएर उनी बाल्यकालदेखि नै लागूऔषधको लागूऔषधमा फसेका थिए । उनले एउटा अन्तरवार्ताका क्रममा ६ वर्षको हुँदा नै आफ्नै बाबुले आफूलाई गाँजा तान्न दिएको बताएका छन् ।

त्यसबाहेक आठ वर्षको हुँदा उनका बाबुसँगै उनी लागूऔषधको सेवन गर्दथे । पछि उनका बाबुले डाउनी जुनियरलाई सानैमा लागूऔषध दिएकोमा आफूलाई पछुतो लागेको बताएका थिए ।

उनी लागूऔषधमा यसरी फसेका थिए कि सन् १९९० को दशकताका उनी वर्षको ७० लाख डलरभन्दा धेरै कमाउँथे । तर, उनको खर्च त्योभन्दा धेरै हुन्थ्यो । लागूऔषध सेवनका कारण उनले आफ्नो करिअर र व्यक्तिगत सम्बन्धमा धेरै चुनौतीको सामना गर्नुपर्‍यो ।

लागूऔषध केसमा उनी बारम्बार पक्राउ समेत पर्दै आएका थिए । यसबाट उनको प्रतिष्ठामा समेत आँच आयो । लागूऔषध सेवनकै कारण भनेको काम पूरा गर्न नसक्दा एक समय उनको करिअर नै खस्किन समेत पुगेको थियो ।

तर भनिन्छ नि, समाधानको शुरुवात समस्याको पहिचानबाट हुन्छ । रोबर्ट डाउनी जुनियरले सन् २००० ताका आफ्नो समस्याको पहिचान गरेर त्यसको समाधानतर्फ अग्रसर भए । साथीभाइको सहयोगमा उनले आफ्नो समस्यालाई समाधान गरिछाड्ने दृढता लिए । दुव्र्यसनबाट मुक्त हुन उनले गरेको संघर्ष धेरैका लागि प्रेरणासमेत बन्न सक्छ ।

उनी पछिल्लो २०–२१ वर्षदेखि लागूऔषधबाट धेरै टाढा छन् । उनले कहिलेदेखि लागूऔषधलाई घृणा गर्न थाले भन्नेबारे एउटा किस्सा निकै चर्चित छ । एक पटक उनी बर्गर किङमा केही खाइरहेका थिए ।

उनीले लागूऔषधको पोको पनि सँगै राखेका थिए । त्यही बेला उनलाई एक्कासी यस्तो दुव्र्यसनमा लाग्नु हुँदैन भन्ने लाग्यो । त्यसपछि उनले त्यो पोको नजिकैको समुद्रमा लगेर फ्याँकिदिए । त्यसयता उनले लागूऔषध छोएका छैनन् ।

उनले लागूऔषधबाट आफूलाई टाढा राख्न उनले विभिन्न थेरापी, ध्यान, योग, पुनर्स्थापना कार्यक्रममा पनि सहभागी भएका थिए । त्यसबाहेक उनले विङ चुन कुङ फू समेत सिकेका छन् ।

एक जना साथी एरिक ओरामबाट आफूले कुङ फू सिकेको उनको भनाइ छ । आफ्नी श्रीमती सुसन लेविस र नजिकका साथी मेली गिबसनले ठूलो सहयोग गरेको डाउनी जुनियर बताउँछन् । उनीहरुको प्रेरणाकै कारण आफू लागूऔषध दुव्यर्सनबाट टाढा रहन सफल भएको उनी बताउँछन् ।

जीवनमा धेरै उतारचढाव आएपनि सन् २००८ मा रिलिज भएको ‘आइरन म्यान’ मा ‘टोनी स्टार्क’ ऊर्फ ‘आइरन म्यान’ को भूमिकाले उनको करिअरलाई पुनः लयमा ल्याइदियो । उनको यो फिल्म यति सफल भयो कि त्यसयता रिलिज भएका मार्वल सिनेमाटिक युनिभर्सका हरेक फिल्ममा उनले नै आइरन म्यानको भूमिका निर्वाह गरेका छन् ।

आजकल त आइरन म्यान वा टोनी स्टार्क भन्नेबित्तिकै धेरैलाई उनकै अनुहार याद आउँछ । त्यसपछि रिलिज भएको सेरलक होम्समा उनको अभिनय गरेको भूमिकले पनि उत्तिकै लोकप्रियता कमायो । उनले गत वर्ष रिलिज भएको ‘ओपनहाइमर’ मा पनि अभिनय गरेका छन् । यो फिल्ममा उनले ‘लुइस स्ट्रउस’ को भूमिका निर्वाह गरेका छन् ।

यही फिल्मबाट उनले पहिलो पटक आफ्नो करिअरकै सबैभन्दा प्रतिष्ठित ओस्कर अवार्डसमेत जित्न सफल भएका छन् । उनले अब आउन लागेको मार्वलको अर्को फिल्म ‘एभेन्जर्स : डुम्सडे’ मा डाक्टर डुमको भूमिकामा आउँदैछन् । यो फिल्मले उनको करिअरलाई अर्को उचाइ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

एकपछि अर्को सफल फिल्ममा काम गरेका रोबर्ट डाउनी जुनियर सबैभन्दा धेरै कमाइ गर्ने कलाकारको सूचीमा पनि पर्दै आएका छन् । साँच्चै भन्दा उनले अभिनय गरेका सबै फिल्मको कुल कमाइ १५ अर्ब डलरभन्दा धेरै हुन आउँछ ।

डेली मेलका अनुसार एभेन्जर्स डुम्सडेमा अभिनय गर्दा उनलाई मार्वलले झण्डै ८ कारोड डलर दिँदैछ । आइरन म्यान र चार इभेन्जर्स फिल्ममा अभिनय गरेबापत उनले ५१ करोड डलरभन्दा धेरै कमाइ गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?