मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्सामा चर्को आवाजमा डिजे र लाउड स्पिकर बजाउन रोक

वीरगञ्ज ‘पर्सा’ – पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ । प्रशासनले अत्यधिक चर्को स्वरमा बजाइने डिजे र लाउड स्पिकरलगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रण गर्न लागेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको भदौ २१ गते बसेको बैठकले सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक र्‍याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्सामा चर्को आवाज र आतिसवाजी गर्ने जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने बताए । उनले सो सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारवाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?