काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण छोरीको आमाबुवा बनेका छन्। वर्षौंअघि रणवीरले बेबी प्लानिङको कुरा गरेका थिए ।
विवाहको ६ वर्षपछि दुवैलाई पुत्री लाभ भएको छ। वर्षौं अघि रणवीरलाई बच्चा योजनाको बारेमा सोधिएको थियो। उनीहरूलाई छोरा वा छोरी भन्ने प्रश्न सोधियो । त्यसपछि अभिनेताले एकदमै शानदार जवाफ दिएका थिए ।
बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादुकोणको घरमा निकै उत्साह छ । दीपिका पादुकोणले ८ सेप्टेम्बरमा छोरीलाई जन्म दिएकी हुन् ।
सेप्टेम्बर ७ मा दीपिका पादुकोणलाई मुम्बईको सर एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको भोली पल्ट अथवा आज आइतबार अभिनेत्रीले छोरीलाई जनम दिएकी हुन् ।
तर के उनीहरूलाई छोरा चाहियो कि छोरी चाहियो भनेर साेधिएकाे थियाे, त्यसपछि रणवीरले बेबी प्लानिङको बारेमा यो प्रश्नको जवाफमा भनेका थिए, ‘जब तपाई मन्दिर जानुहुन्छ, पुजारीले तपाईलाई लड्डु चाहिन्छ कि शीरा ? जे पाउँछौ, ग्रहण गर्छौ, किनकि त्यो प्रसाद हो। त्यसैले बच्चामा पनि यही तर्क लागू हुन्छ।
रणवीरले स्पष्टसँग भनेका थिए, भगवानले उनलाई जे दिनुहुन्छ, त्यसैमा उनको खुशी हुन्छ। रणवीरको भित्री चाहना थिएन कि उनी छोरी चाहन्छन् वा छोरा। अहिले उनीहरुको घरमा छोरीको जन्म भएको छ ।
वर्कफ्रन्टको कुरा गर्ने हो भने रणवीर चाँडै अजय देवगनको फिल्म ‘सिंघम अगेन’ मा देखिनेछन् । दीपिका पादुकोण हालै फिल्म ‘कल्की २८९८ एडी’ मा देखिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया