मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गकर्मी सुनील पोखरेल हलिउडको ‘वाक अफ फेम’ बाट सम्मानित

काठमाडौँ– रङ्गकर्मी तथा वरिष्ठ कलाकार सुनील पोखरेल हलिउडको चर्चित ‘वाक अफ फेम’ बाट सम्मानित भएका छन् ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा नाट्य अभिनेत्री निशा शर्माले यसबारेमा जानकारी दिएकी हुन् । पोखरेलको नाम अमेरिकाको लस एञ्जलसस्थित पर्यटकीय थलोमा बिछ्याइएको छ । योसँगै पोखरेल ‘वाक अफ फेम’ मा समावेश हुने पहिलो नेपाली कलाकार बनेको पनि निशाले बताएकी छिन् ।

पोखरेल लामो समयदेखि नेपाली रंगमञ्चको क्षेत्रमा सक्रिय छन् । नेपालको अघिल्लो पुस्ताका नाट्यकर्मीमा पोखरेलको नाम पनि अग्रपङ्तिमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?