मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

टुक्रा पारेर सेवन गर्दा औषधिले किन राम्ररी काम गर्दैन?

जटिल रोग या सामान्य । हामीले अनिवार्य रूपमा औषधिको सेवन गर्नुपर्ने अवस्था आइसकेको छ । वर्तमान समयमा सामान्य टाउको दुख्दा पनि हामीले औषधिको सेवन गरिरहेका हुन्छौँ । अझ दीर्घ रोगीले त झन् दैनिक रूपमा औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

औषधिको सीमित मात्र हुन्छ । र, त्यो मात्रा पुगेन भने हाम्रो शरीरले रोग प्रतिरोधात्मक क्षमता गुमाउँछ । र, फेरि रोग बल्झिने समस्या हुन्छ । त्यसैले चिकित्सकहरूले सामान्य स्वास्थ्य समस्यामा पनि शरीरलाई चाहिने मात्रामा औषधिको सेवन गर्न सुझाव दिन्छन् । व्यस्त र अव्यवस्थित जीवनशैलीका कारण आजभोलि औषधिको प्रयोग नगर्ने कमै हुन्छन् । कतिपयले भने टुक्र्याएर खाने गरेको पनि पाइन्छ । के औषधि टुक्र्याएर सेवन गर्नु उचित हो? यसले रोगसँग लड्ने क्षमतामा कस्तो असर पार्छ?

यिनै विषय वरिपरि रहेर जोय नेपालका लागि सुस्मिता फुयाँलले फिजिसियन डा. शारदा खनालसँग कुराकानी गरेकी छिन् ।

औषधि टुक्राएर, चपाएर खानु कत्तिको स्वस्थकर र प्रभावकारी हुन्छ ?

यसको फाइदा र बेफाईदा दुवै छैन । सकभर यसरी सेवन गर्नु हुँदैन । तर यदि तपाईं औषधि निल्नै सक्नुहुन्न भने टुक्राएर, चपाएर खाँदा यसको प्रभाव फेरबदल हुँदैन । तपाईंले औषधि टोकेर र चपाएर खानुभयो भने झन् मुखभरी औषधि फैलिएर तितो हुनसक्छ । यसले झन् तपाईंलाई सेवन गर्नमा समस्या हुनसक्छ ।

कस्तो अवस्थामा औषधिहरु टुक्राएर खान मिल्छ ?

सबै ट्याब्लेटहरु टुक्राएर खान सकिँदैन । केही औषधिमा बीचमा रेखा खिचिएको हुन्छ । यस्तो अवस्थामा त्यस्ता औषधि टुक्रा गरेर खान सकिन्छ । मेडिकलको भाषामा ती औषधिलाई स्कोर ट्याब्लेट भनिन्छ । यसमा बीचमा कोरिएको रेखाको मतलब यसलाई टुक्रा गरेर खान सकिन्छ भन्ने संकेत हो । उदाहरणका लागि एउटा औषधिको ५०० मिलिग्रामको डोज लिनु छ र त्यही औषधिको मात्रै एक हजार मिलिग्रामको डोज बजारमा उपलब्ध छ भने यसलाई आधा टुक्रा गरेर खान सकिन्छ । तर यस्तो संकेत नभएका औषधिहरु सकभर खानु हुँदैन । यदि औषधि निल्नै सक्नुहुन्न टुक्राएर खाँदा पनि समस्या हुँदैन ।

यदि औषधि टुक्र्याएर सेवन गर्नैपर्ने अवस्था रह्यो भने के कुरामा ख्याल गर्ने?

तपाईंले चिकित्सकको परामर्शअनुसार औषधि टुक्रा गरेर खान मिल्छ । तर आफूखुसी औषधिको डोज घटाउन वा बजारमा एउटै एमजीको औषधि नपाउँदा आधा चक्की खाने त्यस्तो गर्नु हुँदैन । किनकि सबै औषधि आधा टुक्रा गरेर खानुहुँदैन । कुन औषधि टुक्रा गरेर मिल्छ र कुन नखाने भन्नेमा धेरैलाई जानकारी नहुन सक्छ ।

यस्तो अवस्थामा कुनै पनि औषधि सेवन गर्नुअघि सबैभन्दा पहिले औषधिमा लेखिएका निर्देशनलाई पढ्नुपर्छ । त्यसमा औषधिलाई धेरै पटक टुक्रा गरेर खान सकिन्छ वा खानु हुँदैन भन्ने लेखिएको हुन्छ । यदि औषधिमा लेखिएको छैन भने चिकित्सक वा मेडिकलमा सोध्नुपर्छ । पानीमा घुल्ने चक्की डिस्पर्सिबल ट्याब्लेट वा क्याप्सुललाई गल्तीले पनि टुक्रा गर्नु हुँदैन । यसले भित्रको पाउडर र त्यसको असर कम गर्न सक्छ ।

विशेषगरी बच्चाहरुलाई बढी डोज भएको औषधि टुक्रा पारेर खुवाउने गरिन्छ, के यो सही हो ?

यो प्रक्रिया गलत हो । बच्चाहरुलाई बढी डोज भएको औषधि टुक्राएर खुवाउनुभन्दा बरु कम डोजकै औषधि किनेर खुवाउने गर्नुपर्छ । औषधिको कभरमा एमजी लेखेको त हामीले देखेकै छौं । यो भनेको औषधिको डोज अर्थात् मात्रा हो । एमजीको पूरा रुप मिलिग्राम हो । औषधिलाई तीन डोज अर्थात् मात्रामा विभाजन गरिन्छ । माइक्रोग्राम (एमसीजी), मिलिग्राम(एमजी), ग्राम (जी), माइक्रोग्राम र ग्रामको डोजको तुलनामा मिलिग्राम डोजको चिकित्सकले बढी प्रेस्काइब गर्छन् । रोगको प्रकृति र बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर औषधिको डोज निर्भर हुन्छ ।

कतिपय व्यक्तिहरु भने औषधि निल्न नसक्ने हुन्छन् । यसकारण चपाएर औषधिको सेवन गर्छन् । के औषधिलाई चपाएर निल्दा यसको प्रभावकारिता उस्तै रहन्छ ?

यो कुरा कुन रोगको औषधि हो र चिकित्सकहरुले कसरी खान सुझाउनुभएको छ भन्ने कुरामा पनि निर्भर रहन्छ । तर, चपाएर अथवा पानीमा घोलेर खाँदैमा औषधिले काम नगर्ने, प्रभावकारिता कम हुने भन्ने हुँदैन ।

औषधि सेवन गर्दा कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

सकेसम्म थारै पानिको प्रयोग गर्नुहोस् । बरु पानीको प्यास नै लागेको छ भने औषधि सेवन गरेको १५ –२० मिनेट पश्चात् पिउनु उपयुक्त हुन्छ । त्यस्तै औषधि सेवन गर्नसाथ कतिपयको फलफुलहरु खाने बानी हुन्छ । औषधि खाएपश्चात् लगभग आधाघण्टा समय अन्य खानेकुराहरु नखाएको राम्रो हुन्छ । कहिलेकाहीँ हामीले औषधि खोल्दा अर्को औषधि पनि निस्कन्छ । यस्तो अवस्थामा हामीले प्याकेटबाट निस्किएको  औषधिलाई अर्कोपटक खान हुन्छ भनेर राख्छौं । तर, प्याकेटको सीलबाट निस्कएको औषधिलाई हावा नर्छिने अन्य औषधिका बट्टाहरुमा राख्नुभयो भने सेवन गर्दा असर गर्दैन । तर अन्यत्र खुल्ला ठाउँमा राखेर पुनः त्यही औषधि सेवन गर्दा यसको प्रभावकारिता कम हुन सक्छ ।

त्यस्तै खाली पेटमा खान भनिएको औषधि छ भने खाली पेटमै सेवन गर्नुपर्छ भने खाना खाएर खान भनिएको छ भने सोही अनुरुप सेवन गर्नुपर्छ । कतिपय अवस्थामा जस्तै ज्वरो आएको छ  र चिकित्सकले ५ एक हप्तासम्म लगातार औषधिको सेवन गर्न सल्लाह दिएमा तपाईंले ज्वरो ठिक भयो भनेर तीन दिनपश्चात् उक्त औषधि खान बन्द गर्ने गर्नु हुँदैन । ज्वरो ठीक भएता पनि औषधिको पूरा मात्रा लिनुपर्छ ।   

औषधि सेवन गर्नसाथ शौचालय जाँदा दिसा–पिसाबसँगै तत्काल खाएको औषधि पनि बाहिरिन्छ भन्ने कतिपयको बुझाइ छ । के यो सत्य हो ?

यसमा कुनै सत्यता छैन । हामीले औषधि सेवन गरेपछि औषधि पेटमा घुल्न र पाचन हुन पनि केही समय लाग्छ । यसकारण औषधि सेवन गर्न साथै शौचालय जाँदा दिसा–पिसाबसँगै औषधि बाहिरिन्छ भन्नु भ्रम मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?