मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हाँडीगाउँको शनिबारे मेलामा स्वच्छ हावाको कुरा

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नं. ५ मा पर्ने हाँडीगाउँमा हरेक शनिवार मेला लाग्ने गर्छ । जहाँ स्थानीयस्तरमा पकाईने खानाका परिकारका स्टलदेखि नेवारी सभ्यता झल्किने कला, संस्कृति र सम्पदाको प्रचार र बालबच्चा रमाउने क्रियाकलाप हुने गर्दछन् ।

तर यो शनिबारको माहोल फरक रह्यो । किनकि आज हाँडीगाउँको मेलामा विभिन्न परिकारहरू, सांस्कृतिक, इको प्रदर्शनी, खेलकुद लगायतका कार्यक्रमहरूका साथै स्वच्छ हावाकोबारेमा समेत चर्चा भइरहेको थियो । काठमाडौँउपत्यकामा बढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधारका लागी काम गरिरहेको यूएसएआईडीको स्वच्छ हावा परियोजनाले यहाँ विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

यूएसएआईडीको स्वच्छ हावा परियोजनाको ‘हावाको कुरा गरौँ’ अभियानले परियोजनासँग सम्बन्धित एन्फोलगायत संघ संस्थाहरूले, काठमाडौँ महानगरको सम्पदा तथा पर्यटन विभाग र महानगरपालिकाको वडा–५ को सहकार्यमा शनिवार हाडीँगाउँको मेलामा चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, इको प्रदर्शनी, खेलकुद लगायतका कार्यक्रमहरूको आयोजना गरेको हो ।

जसअन्तर्गत चित्रकला लगायत अन्य मनोरञ्जनात्मक खेलहरुमा महानगरको वडा नंं. ५ का विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । काठमाडौँको हाँडीगाउँमा हरेक शनिबार मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिन्छ ।

वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोकहुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा हरेक शनिवार सवारी प्रवेशमा रोक लगाएर यो मेला गर्ने गरिएको छ । यसबाट स्थानीयहरूको आयमा टेवा पुग्न थालेको छ । यस्तै यूएसएआईडीको स्वच्छ हावा स्थानीय कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि सूचना तथा जानकारीमूलक छलफल र प्रदर्शनी पनि गर्ने गर्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले वायु प्रदूषणलाई प्रमुख वातावरणीय जोखिमको रुपमा परिभाषित गरेको छ । डब्लुएचओले वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको बताईरहदा वायुप्रदुषणकै कारण दम लगायत श्वासप्रश्वास सम्बन्धी रोगका पीडितहरुको अस्पताल भर्ना हुने क्रम पनि बढ्ने गरेको युएसएड स्वच्छ हावा परियोजनाले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?