मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निजामती सेवा दिवसमा वृक्षरोपण

वीरगञ्ज– निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा आज विभिन्न प्रजातिका वृक्षरोपण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वृक्षरोपण गरेर निजामती दिवस मनाएको जानकारी दिए । कार्यालयका अनुसार आँप, कागती र अन्य विभिन्न प्रजातीका फूलसमेत वृक्षरोपण गरिएको थियो । सो अवसरमा पर्सा जिल्लाका रहेका सरकारी कार्यालय प्रमुख तथा कर्मचारीको पनि उपस्थिति रहेको थियो ।

यो वर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति सेवा दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?