मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कलिङ साहित्य महोत्सव’ को तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौँ– ‘कलिङ साहित्य महोत्सव’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ । । भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक भुवन ढुङ्गानालगायत व्यक्तित्वहरूको आतिथ्यमा शनिबार एक कार्यक्रम गरी सो महोत्सवको उद्घाटन गरिएको हो।

महोत्सव होटल हिमालयमा दुई दिनसम्म चल्ने जनाइएको छ । महोत्सवकी संस्थापक तथा निर्देशक रञ्जना निरौलाका अनुसार नेपाल र भारत कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको छ । धेरै चुनौतीलाई पार गरेर यो महोत्सव बनाउँदा पाउँदा खुसी लागेको उनले बताइन्।

महोत्सवको मुख्य उद्देश्य नेपालको भाषा, साहित्य र कलालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले यो महोत्सव सुरु गरिएको उनको भनाइ छ। कुलपति भूपाल राई यस महोत्सवले सांस्कृतिक अन्तर्क्रियाको माध्यमबाट देश विदेशमा रहेका मानिसहरूलाई जोड्ने बताए ।

काठमाडौँ–कलिङ साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सवको आयोजनामा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?