मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुम्लामा निःशुल्क स्वास्थ्य शिविर, ४९८ जन लाभान्वित

जुम्ला– जुम्लामा तीन स्थानीय तहमा सञ्चालित तीन दिने आँखा शिविरमा चार सय ९८ जना लाभान्वित भएका छन् ।

तिलगङ्गा आँखा अस्पताल काठमाडौँ र जिल्लाका स्थानीय निकायको समन्वयमा सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा आँखा शिविर सञ्चालन भएका थिए ।

शिविरबाट ‘रेफर’ भएर आएका बिरामीको नेत्र विशेषज्ञ सन्दुक रुइतको उपस्थितिमा यही भदौ २२, २३ र २४ गते कर्णाली स्वास्थ्य विज्ञानमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?