मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकाश सपुतले बागलुङबाट थाले ‘वसन्त’को छायांकन

काठमाडौँ – गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन थालेका छन् । छायांकनअघि कालिका मन्दिरमा शुभसाइत पूजा गरिएको फिल्मको उनकै गृहजिल्ला बागलुङबाट छायांकन थालिएको हो । 

फिल्मको सपुतकै जन्मथलो धम्जा गाउँसहित बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म छायांकन चल्नेछ । दशैंतिहारको बीचमा राजधानी काठमाडौँ र तराईका विभिन्न लोकेसनमा छायांकनको तयारी छ । 

निर्माता कम्पनी गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल श्रीशका अनुसार छायांकनको लागि कास्ट एण्ड क्रू शनिबारै बागलुङ बजारदेखि धम्जा जानेछन् । फिल्मलाई सुसन प्रजापतिले छायांकन गर्नेछन् ।

यो सोसल ड्रामा फिल्ममा निर्देशनसहित पटकथा र संगीत पनि सपुतकै हुनेछ । फिल्ममा स्वस्तिमा र प्रकाशसहित प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको अभिनय हुनेछ । अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको समेत यसमा अभिनय हुनेछ ।

फिल्मको प्रदर्शन मिति आगामी चैत २२ गतेलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?